सन्देशखाली, 19 जून (हि. स.)। राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बिहीवार दाबी गरे, सन्देशखालीकी प्रतिवादी मम्पी दासलाई पुलिसले तृणमूल कंग्रेसमा सामेल हुनको लागि धम्काइरहेको छ। उनले आरोप लगाए, सन्देशखाली थानाका ओसी बलाई घोषले मम्पी देवीलाई फोन गरेर गाली गरे, किनभने उनले दबावमा आएर काम गरिरहेकी थिइनन्।
यस सम्बन्धमा उनले बिहिवार मम्पी दासको एउटा भीडियो बयान आफ्नो आधिकारिक एक्स ह्याण्डलमा पोस्ट गर्दै लेखिन्, सन्देशखालीमा शेख शाहजहाँको आपराधिक साम्राज्यको विरोधमा आवाज उठाउने प्रदर्शनकारी आमा एवं दिदी-बहिनीहरूमध्ये एकजना पियाली दास (मम्पी)-लाई केही दिनदेखिको तृणमूल कंग्रेसले विभिन्न उपाय अप्नाएर पार्टीमा सामेल गराउने प्रयास गरिरहेको थियो। पियाली दास उनीहरूको प्रलोभनमा नआएपछि फेरि पुलिसले तिनीमाथि दबाव दिन शुरू गऱ्यो। यति गर्दा पनि नभएपछि सन्देशखली पुलिस स्टेशनका ओसी बोलाई घोषले पियाली दासलाई व्हाट्सएपमा फोन कल गरे अनि उनलाई अभद्र भाषामा गाली गर्दै धम्की समेत दिए, कुरा मानेन भने ठूलो मूल्य चुकाउनुपर्नेछ। सन्देशखली ओसी बोलाई घोषले स्थानीय ग्रामीण पुलिसकर्मी विश्वजीत दासको फोनको व्हाट्सएप उपयोग गरी उपरोक्त धम्की दिए ताकि आफूविरूद्ध कुनै प्रत्यक्ष प्रमाण नरहोस्।
सन्देशखालीकी प्रदर्शनकारी बहिनी पियाली दासले सत्तारूढ़ तृणमूल कंग्रेस र उसको पुलिसका सयकड़ौं प्रलोभन अनि धम्कीहरूलाई बेवास्ता गर्दै आफ्नो फसेलामा अडिग रहिन्। तिनले आफ्नो शिर झुकाइनन्। म तिनको यस साहसी कदमको प्रशंसा गर्दछु।
यो खबर लेखुञ्जेलसम्म यस मामिलामा पुलिस वा तृणमूल कंग्रेसको पक्षबाट कुनै प्रतिक्रिया आएको थिएऩ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा