गान्तोक, 19 जून (हि.स.)। कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्ष डा. अखिलेश गुप्ताले आज हितधारक परामर्शको भागको रूपमा सिङताम नगर पञ्चायतको भ्रमण गरे। भ्रमण अवधि आयोगका अध्यक्ष र सदस्यहरूले 3-4 अक्टोबर, 2023 मा आएको बाढीले पुऱ्याएको व्यापक क्षतिको बारेमा जानकारी लिए।
प्रतिनिधि टोलीका सदस्यहरूले स्थानीय मानिसहरूसॅंग अन्तरक्रिया गर्दै हालैको फ्ल्याश फ्लडले क्षेत्रलाई पुऱ्याएको प्रभावको बारेमा जानकारी लिए। स्थानीय मानिसहरूले भविष्यमा हुन सक्ने जोखिमहरूलाई कम गर्न र स्थानीय समुदायहरूलाई सुरक्षित राख्नका लागि सुरक्षात्मक पर्खालहरू तत्काल निर्माण गर्न अपील गरे।
हिन्दुस्थान समाचार / बिशाल