अतिरिक्त मुख्य सचिव रावले भोलि, 20 जूनमा नथुलामा आयोजित हुने कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहको फ्ल्याग अफ कार्यक्रममा सम्मिलित बन्न राज्यपाललाई आमन्त्रित गरे।
यस भेटको क्रममा राज्यपालले रावसॅंग राज्यमा हेलीकप्टर एवं उडान सेवाहरूको वर्तमान स्थितिको बारेमा जानकारी लिए तथा यसका सेवा विस्तारको सम्भावनाहरूमाथि चर्चा गरे। राज्यपालले सिक्किमको पर्यटन क्षेत्रको अपार सम्भावनाहरूको उल्लेख गर्दै राज्यको जैवविविधता, सांस्कृतिक विरासत र प्राकृतिक सौन्दर्यलाई देश-विदेशमा पुऱ्याउन अत्यन्त आवश्यक रहेको बताए।
उनले अतिरिक्त मुख्य सचिवलाई पर्यटनलाई अझ धेरै सशक्त बनाउनका लागि वन, कृषि, संस्कृति आदि विभागहरूसॅंग समन्वय स्थापित गरेर एक एक एकीकृत रणनीति तयार गर्न सुझाउ दिए। रावले पनि राज्यपाललाई उनका मार्गदर्शन अनुसार सम्बन्धित विभागहरूसॅंग समन्वय स्थापित गरेर राज्यको पर्यटन क्षेत्रलाई नयॉं उचाईसम्म लैजान ठोस प्रयास गर्ने बताए।
हिन्दुस्थान समाचार / बिशाल