मंगन, 19 जून (हि.स.)। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले आज राजनीतिक पार्टीका प्रतिनिधिहरूसॅंग चुनाउ सम्बन्धित विषयहरूमाथि चर्चा गरे। जिल्लापाल कार्यालयमा आयोजित बैठकको उद्देश्य भारतको निर्वाचन आयोगद्वारा निर्धारित संवैधानिक प्रावधान र कानुनी दिशानिर्देशहरूको समीक्षा र सुदृढीकरण गर्नु थियो।
यस मासिक बैठकमा निर्वाचन प्रक्रिया, समन्वय लगायत अन्य विषयहरूमाथि पनि छलफल गरिएको बताइएको छ। बैठकमा राज्यका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल