गान्तोक, 19 जून (हि.स.)। सिक्किम केन्द्रिय विश्वविद्यालयका कार्यवाहक कुलपति अभिजीत दत्ताले आज राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा कुलसचिव प्रो. लक्ष्मण शर्मा, वित्त अधिकारी एसएस महापात्रा र हिन्दी विभागका सहायक आचार्य डा. प्रदीप त्रिपाठी पनि उपस्थित थिए।
भेट अवधि प्रतिनिधिमण्डलले विश्वविद्यालयको याङगाङस्थित स्थायी परिसरको निर्माण कार्यको वर्तमान प्रगतिको बारेमा राज्यपाललाई अवगत गराए र आगामी निर्माणसॅंग सम्बन्धित केही प्रमुख विषयहरूको बारेमा चर्चा गरे। उनीहरूले उक्त विषय केन्द्र सरकार समक्ष पुऱ्याउन सहयोगको निम्ति अनुरोध गरे ताकि कार्यमा गति ल्याउन सकियोस्।
प्रतिनिधिमण्डलले विश्वविद्यालयको वर्तमान शैक्षणिक एवं प्रशासनिक गतिविधिहरूका साथै राष्ट्रिय शिक्षा नीति 2020 अन्तर्गत उठाएका पहलहरूको बारेमा पनि विस्तारपूर्वक जानकारी गराए। राज्यपालले प्रतिनिधिमण्डललाई विश्वविद्यालयको हितमा आवश्यक पहल गर्ने आश्वसन दिए।
हिन्दुस्थान समाचार / बिशाल