गान्तोक, 19 जून (हि.स.)। सिक्किम लोक सेवा आयोग (एसपीएससी) का अध्यक्ष कुलदीप छेत्रीले आज राजभवनमा राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। छेत्रीले एसपीएससीको अध्यक्ष पदको कार्यभार सम्हालेपछि राज्यपालसॅंग उनको पहिलो भेट थियो।
भेटको क्रममा राज्यपालले आयोगको कार्यप्रणालीको सम्बन्धमा जानकारी प्राप्त गरे। राज्यपालले छेत्रीलाई आयोगको अध्यक्षको रूपमा उनको सफल कार्यकालको निम्ति हार्दिक शुभकामना दिए।
यस अवसरमा आयोगका सदस्य मिलन कुमार सुब्बा र संयुक्त सचिव छिरिङ डी. भोटिया पनि आयोगका अध्यक्षको साथमा थिए।
हिन्दुस्थान समाचार / बिशाल