सोनादा, 24 जून (हि.स.)। भोटिया एसोसिएशन सोनादाका सभापति एवं पूर्व फुटबल खेलाडी सोनादाको डीबी रोड निवासी पेम्बा छिरिङ भोटियाको निधनमा शोक समवेदना प्रकट गरिएको छ। पेम्बा छिरिङ भोटिया एसोसिएशन सोनादाका सभापति थिए। उनको निधनमा एसोसिएशनको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरिएको छ।
एसोसिएशनले सभापति एवं पूर्व फुटबल खेलाडी पेम्बा छिरिङ भोटियाको निधनमा ठूलो क्षति पुगेको बताइएको छ। सभामा एसोसिएशनका उप सभापति दावा भोटिया, महासचिव एनआर भोटिया, कोषाध्यक्ष मिञ्जी भोटिया साथै एसोसिएशनका सम्पूर्ण सदस्यहरुले सभापति एवं पूर्व फुटबल खेलाडी पेम्बा छिरिङ भोटियाको निधनमा गहिरो शोक प्रकट गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक