सरस्वती विद्या निकेतन पाचेखानीमा भानु जयन्ती आयोजनलाई लिएर चर्चा
सरस्वती विद्या निकेतन पाचेखानीमा भानु जयन्ती आयोजनलाई लिएर चर्चा


गान्तोक, 24 जून (हि.स.)। विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले आज सरस्वती विद्या निकेतन, पाचेखानीको भ्रमण गरे। भ्रमण अवधि शर्माको साथमा विद्यालय प्रबन्धन समितिका प्रमुख सल्लाहकार हेमन्त दाहाल र कोषाध्यक्ष एलएन छेत्री पनि उपस्थित थिए।

भ्रमणको मुख्य उद्देश्य विद्यालयका विद्यार्थीहरू र संकाय सदस्यहरूसॅंग संलग्न हुनु तथा सहकार्य र पारस्परिक विकासको भावना जगाउनु रहेको बताइएको छ। यस क्रममा संयोजक शर्माले विद्यालय प्रशासन, शिक्षक र विद्यार्थीहरूसॅंग अन्तरक्रिया गरे। यसैगरी, शैक्षिक विकास, नवीन शिक्षण विधिहरू, विद्यार्थीहरूको समग्र विकास जस्ता विषयहरूमाथि चर्चा भएको बताइएको छ।

यस अवसरमा आगामी भानु जयन्ती आयोजनलाई लिएर पनि चर्चा भयो। बैठकमा भानुभक्त आचार्यको नेपाली साहित्यमाथि योगदान र उनका स्थायी विरासतमाथि चर्चा भयो। विद्यालयका प्रधानाध्यापकले विद्या भारती सिक्किम र स्कूल प्रबन्धन समितिका पदाधिकारीहरूप्रति भ्रमणको निम्ति कृतज्ञता प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande