नगाउँको पुरनीगोदाम बिटुमिन फ्याक्ट्रीमा भीषण आगलागी
नगाउँको पुरनीगोदाम बिटुमिन फ्याक्ट्रीमा भीषण आगलागी


नगाउँ (असम), 17 अप्रेल (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत पुरनीगोदाम क्षेत्रमा अवस्थित एक बिटुमिन फ्याक्ट्रीमा भीषण आगो लाग्यो जसले गर्दा क्षेत्रमा खैलाबैला मचियो। यस घटनामा ठूलो क्षति भएको बताइएको छ।

आधिकारिक सूत्रबाट शुक्रवार प्राप्त जानकारी अनुसार यो घटना पुरनीगोदाम अन्तर्गत काषरी गाउँमा अवस्थित फ्याक्ट्रीमा गए राती भएको हो। फ्याक्ट्रीमा ज्वलनशील पदार्थ भएको कारणले आगो झन् द्रूत गतिमा फैलियो। हेर्दा-हेर्दै कालो धुँवाको मुस्लो उठ्न थाल्यो जसलाई देखेर स्थानीय मानिसहरूले तुरून्तै प्रशासनलाई सूचना दिए।

सूचना पाउनसात दमकलका केही वाहनहरूले घटनास्थलमा पुगेर आगो निभाउने अभियानमा जुटे। कड़ा संघर्षपछि आगोलाई नियन्त्रण गरियो। तथापि त्यसबेलासम्ममा फ्याक्ट्रीभित्र राखिएका अधिकांश सामानहरू जलेर खरानी भइसकेको थियो।

प्रारम्भिक अनुमान अनुसार यस अग्निकाण्डमा लाखौं रुपियाँको सम्पत्तिको नोक्सान भएको छ। तथापि कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छन। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande