
गुवाहाटी, 21 अप्रेल (हि.स.)। कंग्रेस नेता पवन खेड़ाले गौहाटी उच्च न्यायालयमा अग्रिम जमानतको लागि याचिका दर्ता गरेका छन् जसमाथि मंगलवार सुनवाई हुनेछ।
यो मामिला मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाकी पत्नी रिनिकी भुइयाँ शर्मासित सम्बन्धित कथित बहु-पासपोर्टको आरोपलाई लिएर फैलाइएको भ्रामक जानकारीसित सम्बन्धित छ। आरोप छ, पवन खेड़ाले यस सम्बन्धमा भ्रामक दाबी प्रस्तुत गरी प्रचार गरे।
सूत्र अनुसार विवाद बढ़्न थालेपछि पवन खेड़ाले दिल्लीस्थित आफ्नो आवासलाई छोड़ेर कंग्रेस शासित तेलंगानामा शरण लिएका थिए। यस घटनाक्रमले मामिलाको सम्बन्धमा कानूनी तथा राजनीतिक विवादलाई अझ् तीव्र बनाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा