न्यायपालिकामाथि प्रश्न उठाउनु अनुचित हो: रेखा गुप्ता
न्यायपालिकामाथि प्रश्न उठाउनु अनुचित हो: रेखा गुप्ता


नयाँ दिल्ली, 21 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली उच्च न्यायालयद्वारा अरविन्द केजरीवालको याचिकालाई खारेज गरिने फसेलालाई बेजोड़ फसेला बताइन्। उनले भनिन्, न्यायपालिकामाथि प्रश्न उठाउनु अनुचित थियो।

उल्लेखनीय छ, दिल्लीको मदिरा नीतिको मामिलालाई पुनः खोलिनेसित सम्बन्धित सुनवाईको मामिलाबाट जज जस्टिस स्वर्ण कान्ता शर्मालाई हटाउने केजरीवाल र अन्यको याचिकालाई दिल्ली उच्च न्यायालयले गए सोमवार खारेज गरिदिएको थियो।

मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, केजरीवालले दिल्लीको मदिरा घोटालामा त्यस्तो ठूलो धाँधली गरेर पनि न्यायपालिकाको सत्यनिष्ठामाथि प्रश्न उठाइरहेका छन्। न्यायमूर्ति स्वर्ण कान्ता शर्मालाई सुनवाईदेखि हटाउने वा अन्य कुनै जज सामु सुन्ने दबाव काम लागेन। यिनीहरूको स्वभाव नै यस्तो किसिमको छ, कुनै फसेला आफ्नो अनुकूल भए आफ्नो सम्पूर्ण टीआरपी तथा सम्पूर्ण माहोल नै तताइदिन्छन् कि म कट्टर इमानदार छु र योभन्दा ठूलो न्याय अन्य हुनै सक्दैन। फेरि आफूविरूद्ध फसेला आउन लागेको अलिकति पनि शंका लागे न्यायधीशमाथि नै प्रश्न उठाउन थाल्छन्। न्यायमूर्ति स्वर्ण कान्ता शर्माले आफ्नो फसेलामा यो स्पष्ट पारिन्, न्यायपालिकामाथि कसैले पनि प्रश्न उठाउन सक्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande