
इम्फाल, 21 अप्रेल (हि.स.)। पुलिस एवं सुरक्षा बलले हिंसा प्रभावित मणिपुरमा उग्रवादीहरू, मादक पदार्थ तस्करहरू साथै सोशल मीडियाको माध्यमबाट अफवाह फैलाउनेहरूविरूद्ध लगातार अभियान संचालन गरिरहेको छ। यसै क्रममा सोशल मीडियाको माध्यमबाट अफवाह फैलाएको आरोपमा एकजना मानिसहरूलाई पक्राउ गरिएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा मंगलवार जारी एक बयान अनुसार एल. अजित सिंह नामक एउटा फेसबुक अकाउन्टमा भड़काऊपूर्ण तथा उत्तेजक सामग्री पोस्ट गरिएको थियो जसबाट सार्वजनिक व्यवस्था प्रभावित हुने खतरा थियो। यस मामिलामा मोतबंग मामंग लिकाई, केपीआई, ए/पी ल्याम्बोई खोंगनांगखोंग राहत शिविरमा बस्दै आएका लौरियम अजितकुमार सिंह (29)-लाई पक्राउ गरिएको छ। जाँच अहिले पनि भइरहेको छ।
मणिपुर पुलिसले चेताउनी दिएको छ, हिंसा भड़काउने वा साम्प्रदायिक सौहार्द बिगार्ने प्रयास गर्नेहरूविरूद्ध कड़ा कारबाही गरिनेछ। पुलिस अनुसार राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तु लिएर गइरहेका 329 वटा वाहनहरूको आवागमन सुनिश्चित गरियो। सबै संदेवनशील क्षेत्रहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।
पुलिस मुख्यालयले बतायो, यसरी नै अर्को अभियानमा पुलिस अनि सुरक्षा बलहरूले गत 19 अप्रेलको दिन कर्फ्यूको उल्लंघन गर्ने, ग्रेटर इम्फाल क्षेत्रको सड़कमा यातायात अवरूद्ध गर्ने तथा सार्वजनिक सम्पत्तिलाई नोक्सान पुऱ्याउने सहित आपराधिक घटनाहरूमा सामेल 19 जना मानिसहरूलाई पक्राउ गरिएको छ जसमा क्रमैले नोंगथोम्बम लोलिन मैतेई (33), समुराइलातपम सिबानन्द शर्मा (28), निंगथौखोंगजाम ऋषिकान्त मैतेई (28), चुंगखम कैकु (21), पोटशांगबम भूमिबोन खाबा (38), लिमापोकपम रोमेश मैतेई (40), रितिक राय (23), हंजाबम डेभिड शर्मा (20), जयप्रकाश अखोम (38), चुंगखम सनतोम्बा सिंह (32), निंगोम्बम चेतन सिंह (26), लैरेनमयुम बिक्रम (38), मोइरांगथेमहाइमो (53), थिंगुजम फ्रांसिस (21), थिंगुजममोरम्बा (22), वांगखेम कुलधजा (30), सेराम मञ्जीत मैतेई (25), युमनाम शरत (27) औ गुलिट थोंगम (20) सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा