
मेदिनीपुर 21 अप्रेल (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतनमा भएको एक सड़क दुर्घटनामा एक जना अज्ञात व्यक्तिको पीड़ादायी मृत्यु भयो। यो घटना दाँतन एक नम्बर ब्ल्कको गोमुण्डा क्षेत्रमा भएको हो।
स्थानीय सूत्र अनुसार कुनै अज्ञात वाहनको ठक्करले उक्त व्यक्तिको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पाए लगत्तै दाँतन थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो।
पुलिस मृत व्यक्तिको पहिचान खोलाउने प्रयासमा जुटेको छ। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। पुलिसले दुर्घटनाको जाँच गर्दै ठक्कर दिने वाहनलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा