नुसरत जहाँलाई ईडीको समन, बुधवार उपस्थित हुने
नुसरत जहाँलाई ईडीको समन, बुधवार उपस्थित हुने


कोलकाता, 21 अप्रेल (हि. स.)। अभिनेत्री औ पूर्व तृणमूल कंग्रेस सांसद नुसरत जहाँलाई प्रवर्तन निदेशालय (ईडी)-ले पुरानो फ्ल्याट धोकाधड़ी मामिलामा फेरि समन पठाएको छ। उनलाई बुधवार सीजीओ परिसरस्थित कार्यालयमा उपस्थित हुन भनिएको छ। यसअघि पनि केन्द्रियएजेन्सीले यस मामिलामा उनीसित जाँचबुझ गरेको थियो।

प्राप्त जानकारी अनुसार राजारहाट क्षेत्रमा फ्ल्याट दिलाउने नाममा कथित धोकाधड़ी गरेको सिकायतको आधारमा जाँच भइरहेको छ। यो आरोप लागेको कम्पनीका निदेशकहरूमा नुसरत जहाँ पनि सामेल थिइन्।

सूत्र मुताविक पछिल्लो केही महिनाभित्रमा जाँच एजेन्सीलाई यस मामिलासित सम्बन्धित केही तथ्यहरू हात लागेको छ। यसैको आदारमा उनलाई पुनः बोलाइएको हो।

यस मामिलाको राशनको गहुँ तस्करी प्रकरणसित कुनै सम्बन्ध छैन। नुसरत जहाँको नाम त्यस मामिलामा पनि मुछिएको थियो।

उल्लेखनीय छ, नुसरतलाई समन पठाएको खुलासा भएपछि तृणमूलले दाबी गरेको थियो, राशन वितरण भ्रष्टाचार मामिलामा बलजफ्ती उनको नामलाई जोड़िँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande