
कोलकाता, 21 अप्रेल (हि.स.)। कोलकाता एवं यस वरपरका क्षेत्रहरूको आगामी 24 घण्टाको लागि मौसम पूर्वानुमान जारी गरिएको छ। पूर्वानुमान अनुसार 21 अप्रेलको बिहानदेखि 22 अप्रेलको बिहानसम्म शहरमा आंशिक रूपमा बादल लाग्ने सम्भावना छ।
मौसम विभाग अनुसार अधिकतम तापमान लगभग 36 डिग्री सेल्सियस औ न्यूनतम तापमान 27 डिग्री सेल्सियस लगभग रहने अनुमान छ।
यता उप-हिमालयी पश्चिम बंगाल र सिक्किम क्षेत्रका कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। दार्जीलिङ, कालेबुङ र जलपाईगुड़ी जिल्लामा कतै-कतै मेघ गर्जनसितै वर्षा अनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।
मौसम विभागले यी क्षेत्रहरूमा वज्रपात हुने र हावा-हुन्डरी आउनसक्ने चेताउनी जारी गरेको छ रह जिल्लाहरूको मौसम सामान्यतः शुष्क रहने सम्भावना छ।
मौसमको यस रूपलाई ध्यानमा राखेर मानिसहरूलाई सतर्क रहने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा