सल्टलेक निकट आनन्दलोक अस्पतालमा आगो लाग्यो, रोगीहरूलाई सुरक्षित स्थानान्तरण गरियो
सल्टलेक निकट आनन्दलोक अस्पतालमा आगो लाग्यो, रोगीहरूलाई सुरक्षित स्थानान्तरण गरियो


कोलकाता, 21 अप्रेल (हि.स.)। विधाननगरको सल्टलेक क्षेत्र स्थित आनन्दलोक अस्पतालमा मंगलवार बिहान आगलागीको घटना भएपछि व्यापक खैलाबैला मचियो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको दमकल विभागको टीमले राहत कार्य शुरू गऱ्यो।

प्रारम्भिक जानकारी अनुसार आगो अस्पतालको दोस्रो तलामा लागेको थियो। सड़क भएर गुज्रिरहेका बटुवाहरूले भवनमा आगो बलिरहेको देखेर दमकल विभागलाई सूचित गरिदिए। केही क्षणमा दमकलका दुई वटा वाहन घटनास्थलमा आइपुगे। त्यसबेलासम्ममा दोस्रो तलास्थित अपरेशन थिएटरको एक भागलाई आगोले आफ्नो चपेटमा लिसकेको थियो।

स्थानीय मानिसहरूले पनि दमकलकर्मीसँगसँगै आगो निभाउनमा सहयोग गरे। साथै अस्पतालमा भर्ती रोगीहरूलाई सुरक्षित बाहिर निकालेर अर्को भवनमा स्थानान्तरण गर्नमा पनि सहयोग गरे।

अस्पताल कर्मीहरू अनुसार लगभग 70-75 जना रोगीहरूलाई अस्पतालको दोस्रो भवनमा सुरक्षित पुऱ्याइएको छ। सबै रोगीहरू सुरक्षित रहेको बताइएको छ। केही कर्मचारीहरूले बताए, दोस्रो र तेस्रो तलामा भर्ती रोगीहरूलाई बाहिर निकालियो।

प्राथमिक आशंकामा वातानुकूलन यन्त्रमा शर्ट सर्किट भएको कारणले आगो लागेको हुनसक्छ। तथापि प्रशासनले अहिलेसम्म यसको आधिकारिक रूपमा पुष्टि गरेको छैन।

बिहान लगभग 11 बजीसम्ममा आगोलाई अधिकांश रूपमा नियन्त्रण गरिसकिएको थियो। दमकल विभागको टीमले घटनास्थलमा बसेर स्थितिलाई सामान्य बनाउने कार्य गरिरहेको छ।

अस्पताल ट्रष्टी बोर्डको पक्षबाट सञ्जय हाजराले भने, “आगो वातानुकूलन यन्त्रबाट लागेको थियो। अब स्थिति नियन्त्रणमा छ। कुनै प्रकारको जनहानि भएन। सबै रोगीहरू सुरक्षित छन्। आगोलाई निभाइसकिएको छ, धुँवा मात्र रहेको छ।”

यता विधाननगर यातायात विभागका उपायुक्त मित कुमारले भने, आगलागीको कारण पत्तो लगाउन जाँच गरिनेछ। हाल नोक्सानको स्तरलाई लिएर कुनै आधिकारिक जानकारी प्राप्त भएको छैैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande