नारायणपुरमा हुसरी दलको वाहन दुर्घटनाग्रस्त, 20 जना बिहू कलाकार घाइते
नारायणपुरमा हुसरी दलको वाहन दुर्घटनाग्रस्त, 20 जना बिहू कलाकार घाइते


लखिमपुर (असम), 17 अप्रेल (हि.स.)। असमको नारायणपुर क्षेत्रमा हुसरी दल (बिहू नृत्य कलाकार)-लाई लिएर गइरहेको एउटा वाहन दुर्घटनाग्रस्त भयो जसमा लगभग 20 जना युवा बिहू कलाकारहरू घाइते भएका छन्।

आज प्राप्त जानकारी अनुसार यो दुर्घटना गए राती त्यसबेला भएको हो जतिबेला वाहनले नियन्त्रण गुमाएर राष्ट्रिय राजमार्गदेखि तल झऱ्यो। भनिन्छ, हुसरी दलका सदस्यहरू बिहू उत्सवको अवसरमा प्रस्तुति दिन गइरहेका थिए।

घाइतेहरूमा केही युवा बिहूवा (युवक) औ बिहुवती (युवती) कलाकारहरू सामेल छन् जसलाई विभिन्न प्रकारको चोट लागेको छ। सबै घाइतेहरूलाई तुरून्तै नजिकैको अस्पतालमा भर्ती गरियो।

घटनाको सूचना पाउनसाथ स्थानीय मानिसहरू र पुलिस घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुटे।घाइतेहरूको स्थितिलाई लिएर विस्तृत जानकारीको प्रतिक्षा गरिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande