सभासद शेर्पाले गोथल्स साइडिङमा सार्वजनिक भवन निर्माणको निम्ति शिलान्यास गरे
सभासद शेर्पाले गोथल्स साइडिङमा सार्वजनिक भवन निर्माणको निम्ति शिलान्यास गरे


खरसाङ, 26 जून (हि.स.)। टुङ सन्त मेरिज समष्टि अन्तर्गत सन्तमेरिज 2 ग्राम पञ्चायत अधीनस्थ गोथल्स साइडिङमा नयॉं सार्वजनिक भवन निर्माणको निम्ति विधिवत् पूजा अर्चनाको साथ शिलान्यास गरिएको छ। समष्टिका सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा शिलान्यास कार्य सम्पन्न गरियो।

गोथल्स साइडिङको पचास वर्ष पार गरिसकेको गोथल्स साईडिङ नवीन ग्राम सुधार समाजको सञ्चालनमा एउटा समाज घर रहे तापनि गाउँकै अलिक पारी अर्को क्षेत्रका वासिन्दाहरुको गुनासो तथा ग्रामवासीहरुको सुविधालाई मध्यनजर राख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सभासद कोषबाट सार्वजनिक भवन निर्माण हुने तय भएपछि आज शिलान्यास गरिएको हो।

स्थानीय ग्रामवासीहरुले यस पहलको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमूख कार्यपाल अनित थापा एवं समष्टिका सभासद नुरी शेर्पाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै प्रसन्नता व्यक्त गरेका छन्। आज शिलान्यास कार्यक्रममा सन्तमेरिज 2 ग्राम पञ्चायतका प्रधान सहदेव तामङ, उप प्रधान प्रशंसा लेप्चा, पञ्चायत समिति सदस्य बिरेन्द्र तामाङ, पञ्चायत सदस्या रेश्मा दियाली थापा, भागोप्रमो समष्टिका प्रतिनिधिगण, गोथल्स साइडिङ समाजका पदाधिकारी आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande