गान्तोक, 26 जून (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय सडक, परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीप्रति गत 13 जून, 2025 मा जारी गरिएको अधिसूचनाको निम्ति हार्दिक कृतज्ञता प्रकट गरेका छन्, जसमा मल्ली बजारदेखि मामरिङ र समरदोङ हुॅंदै सिङतामसम्मको सम्पूर्ण राष्ट्रिय राजमार्ग 210 लाई एनएचआईडीसीएलको विकास र मर्मतसम्भार कार्यक्षेत्र अन्तर्गत ल्याइएको कुरा उल्लेख छ।
सांसद सुब्बाले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यो महत्वपूर्ण विकासले पूर्व सिक्किमको यस महत्वपूर्ण करिडोरमा सडक पूर्वाधार र सम्पर्क सञ्जालमा ठूलो वृद्धि हुने बताएका छन्, जसले स्थानीय यात्रु, व्यापार र समग्र सामाजिक-आर्थिक वृद्धिलाई फाइदा पुर्याउनेछ।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई राज्यको पूर्वाधार विकासप्रति उनको निरन्तर प्रतिबद्धता र सडक एवं पुल विभाग मन्त्री नर बहादुर दाहाललाई आधारभूत कार्य र यस पहलको सफलता सुनिश्चित गर्न समर्पित प्रयासको लागि आभार प्रकट गरेका छन्।
सांसद सुब्बाले राज्यका जनताको कल्याण र सिक्किमको प्रगतिको लागि एकजुट बनेर काम गरौं भनी आह्वान पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल