लिङ्चोम सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा भारतीय भाषामाथि समर क्याम्पको आयोजन
लिङ्चोम सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा भारतीय भाषामाथि समर क्याम्पको आयोजन


गान्तोक, 26 जून (हि.स.)। गेजिङ जिल्ला अन्तर्गत लिङ्चोम उच्चतर माध्यमिक विद्यालयमा भारतीय भाषामाथि समर क्याम्प आयोजन गरियो। गत 20 जूनदेखि शुरू भएको उक्त समर क्याम्प हिजो, 25 जूनका दिन समापन भएको छ।


lingchom 

समर क्याक्पको आयोजन विद्यालयकी प्राधानाध्यापक याङ्देन सिक्मो, शिक्षिका सूचिता लिम्बू, शिक्षिका मार्शिमिक लेप्चा, शिक्षक पारसमणि दाहाल आदिको अगुवाईमा गरिएको थियो। समर क्याम्पमा विद्यार्थीहरुलाई लेप्चा भाषामा लिपी ज्ञान, मात्रा, वार्तालाप, फलहरुका नाम, पारम्परिक गीत भेषभूषाका नाम लागायत लेप्चा भाषामा आधारित सर-सामानहरूको प्रदर्शनीको माध्यमले लेप्चा भाषाको प्रचार प्रसार गरिएको थियो।

 
lingchom

समापन समारोहमा विद्यालयकी प्राधानाध्यापक लगायत विद्यालय परिवार, विद्यालय प्रबन्धन समितिका सदस्यहरू, अविभावकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande