कोलकाता, 26 जून (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीवार महान साहित्यकार बंकिमचन्द्र च्यटर्जीको जयन्तीमा उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन्। उनले भनिन्, बंकिमचन्द्रले आधुनिक बंगाली साहित्यको दिशा तय गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छन्। उनका रचनाहरूले आज पनि मानिसहरूलाई प्रेरणा दिन्छन्।
मुख्यमन्त्रीले एक सन्देशमा लेखिन्, बंकिमचन्द्रद्वारा रचित चरित्रको गहिराइ, उनको सोचको नवीनता एवं भाषा शैलीले आज पनि हामीलाई निरन्तर प्रेरित गरिरहन्छ। भनले भनिन्, 'वन्दे मातरम्' एउटा गीत मात्र होइन, हाम्रो राष्ट्रिय चेतनाको एक अभिन्न अंग पनि हो साथै यो हाम्रो राष्ट्रिय गीत पनि हो।
बंकिमचन्द्र्र च्यटर्जीको जन्म 26 जून, 1838-मा भएको थियो उनले 'आनन्दमठ', 'कपालकुण्डला', 'विषवृक्ष' जस्ता ऐतिहासिक रचनाहरूको माध्यमबाट बंगाली साहित्यलाई एक नयाँ दिशा दिए। उनीद्वारा रचयित गीत 'वन्दे मातरम्' भारतीय स्वतन्त्रता संग्राममा राष्ट्रवादी भावनाको प्रतीक बनेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा