दिघामा मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् रथयात्राको शुभारम्भ, उर्लिए श्रद्धालुहरू
दिघामा मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् रथयात्राको शुभारम्भ, उर्लिए श्रद्धालुहरू


-ममताले गरिन् भगवान जगन्नाथको आरती, सुनको झाड़ुले बाटोको सफाई

कोलकाता, 27 जून (हि.स.)। बंगालको समुीद्र तटीय शहर दिघामा शुक्रवार रथयात्राको भव्य आयोजन गरियो। मुख्यमन्त्री ममता ब्यानर्जी स्वयंले सुनको झाड़ुले बाटो सफा गरेर रथयात्राको शुरूआत गरिन् अनि भगवान जगन्नाथ, बलभद्र र सुभद्रको आरती गरिन्। यस अवसरमा रथको साथमा इस्कनका केही सन्यासी अनि ठूलो संख्यामा श्रद्धालुहरू उपस्थित रहे।

बिहान आठ बजीदेखि नै मन्दिर परिसरलाई कड़ा सुरक्षा व्यवस्थाभित्र राखिएको छ। जगन्नाथ मन्दिर सामु तीनैवटा रथहरूलाई सजाइएको थियो। मन्दिर परिसरमा ठूलो संख्यामा बुलिस बललाई तैनाथ गरिएको थियो। मौसम खराब भए पनि श्रद्धालुहरूको घुइँचो लगातार बढ़्दै गयो।

बिहान लगभग नौ बजी 'पाहण्डी विजय'- को पारम्परिक विधि अन्तर्गत भगवान जगन्नाथ, बलभद्र र सुभद्राका मूर्तिहरूलाई मन्दिरदेखि बाहिर ल्याएर रथहरूमा विराजमान गराइयो। यस अवधि मन्त्रोच्चारण, शंख-घण्टीको ध्वनि अनि ढोल-करातलको धुनले वातावरणलाई भक्तिमय बनाइदियो।

मन्दिरको द्वार आम मानिसहरूको लागि खोलियो अनि उनीहरूलाई मन्दिर परिसरमा प्रवेश गर्ने अनुमति दिइयो। यहाँ भक्तहरूलाई भगवानको दर्शनसँगसँगै प्रसाद वितरणको व्यवस्था पनि गरिएकोथियो। मन्दिरको द्वार नम्बर-2 लाई आम श्रद्धालुहरूको लागि प्रवेश द्वार बनाइयो।

मुख्यमन्त्री ममता ब्यानर्जी रथसँगसँगै पैदल हिँड़िन्। उनले पहिला नै घोषणा गरेकी थिइन्, कुनै पनि भाग-दौड़को आशंकालाई टार्नको लागि रथ यात्रा अवधि सड़कमा आम मानिसहरूलाई बस्न दिइनेछैन। यसको लागि सड़कको दुवै तर्फ ब्यारिकेड गरियो ताकि मानिसहरूले ब्यारिकेडको बाहिरबाट रथलाई देख्न सकुन्। रथको डोरीलाई पनि ब्यारिकेडसम्म तानियो ताकि श्रद्धालुहरूले त्यसलाई छोएर पुण्य प्राप्त गर्न सकुन्।

समय अनुसार अपरान्ह 2:00 बजी रथको पूजा र आरती भयो भने 2:30 बजी यात्रा शुरू भयो। लगभग एक किलोमीटरको दूरत्व तय गरेर रथलाई 'मछ्यामाको घर'-सम्म लगिएको थियो। एक घण्टामा रथले आधा घण्टाको बाटो तय गऱ्यो। सड़कको दुवै किनारमा ठूलो संख्यामा मानिसहरूले उभिएर रथयात्राको दर्शन गरिरहेको देखियो।

रथयात्रा शुरू हुन केही घण्टापूर्व पश्चिम बगाल पुलिसका महानिदेशक राजीव कुमारले स्थलमा पुगेर अन्तिम पटक सुरक्षा व्यवस्थाको जायजा लिए। आयोजन अवधि हरेक स्तरमा सुरक्षाको कड़ा प्रबन्ध गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande