गुवाहाटी, 27 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले शुक्रवार कंग्रेसमा प्रहार गर्दै भोट ब्यांकको लागि स्वदेशी भावनालाई अदेखा गरेको आरोप लगाए। उनले थपे, पछिल्लो कंग्रेस सरकारले अवैध प्रवासीहरूलाई सन्तुष्ट राख्ने हुँदा राज्यमा 'सत्र' (वैष्णव मठ)- को 13 हजार बिघा (4,300 एकड़भन्दा अधिक) भूमिमा व्यापक रूपमा अतिक्रमण भएको छ।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा एउटा पोस्ट शेयर गर्दै कंग्रेसमाथि प्रहार गरे। उनले वैष्णव मठको निम्ति पुनः भूमि दिलाउने दिशामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वधिन सत्तारूढ़ सरकार प्रतिबद्ध रहेको बताए। आफ्नो पोस्टमा मुख्यमन्त्रीले भने, कंग्रेस सरकारले आफ्नो अवैध अप्रवासी भोट ब्यांकलाई खुशी राख्नको लागि स्वदेशी मानिसहरूको भावनालाई अदेखा गऱ्यो जसले गर्दा 922 सत्र भूमिमा अतिक्रमण गरियो।
उनले बताए, हजारौं बिघा सत्र भूमिमा अतिक्रमण गरिएको छ जसमा बरपेटाको 7,137 बिघा (2,355.21 एकड़), नगाउँको 2,583.79 बिघा (852.66 एकड़), बजालीको 2,757.39 बिघा (909.94 एकड़) औ लखिमपुरको 896.76 बिघा (295.94 एकड़) भूमि सामेल छन्।
मुख्यमन्त्रीले भने, हामी यी भूमिहरूलाई पुनः प्राप्त गर्ने मिशनमा जुटेका छौं। राज्य सरकारले वैष्णव मठहरूको कल्याणको हेरचाह गर्नको लागि एक स्थायी 'सत्र आयोग' स्थापना गर्नेछ।
यी ऐतिहासिक संस्थानहरूको मुद्दालाई अध्ययन गर्नको लागि गठित अस्थायी सत्र आयोगको बैठकमा मुख्यमन्त्री सरमाले भने, आयोगको स्थायी निकाय सत्रले स्थिरता प्रदान गर्नको लागि काम गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा