कोलकाता, 27 जून (हि. स.)।'कोलकाताको कासबा ल कलेज क्याम्पसभित्र एक जना युवतीसित भएको बर्बर सामूहिक दुष्कर्मको घटनाबाट म स्तब्ध भएको छु।' यो मन्तव्य शुक्रवार पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले व्यक्त गरेका हुन्।
उनले सोशल मीडिया एक्समा लेखे, “यस जघन्य अपराधमा सामेल तीन जना आरोपीहरूमध्ये एक जना मुख्य आरोपीको पहिचान तृणमूल छात्र परिषदका प्रभावशाली नेता मनोजीत मिश्रा (31)-को रूपमा भएको छ। पुलिसले उसलाई गए बिहीवार साँझ तालबागान क्रसिंग नजिक सिद्धार्थ शंकर राय चिल्ड्रन पार्क सामुबाट पक्राउ गरेको छ। यस अतिरिक्त थप दुई जना आरोपीहरू क्रमैले जाइब अहमद (19)र प्रमित मुखर्जी (20)-लाई पनि पक्राउ गरेको छ।”
शुभेन्दु अधिकारीले अझ् भनेका छन्, यो घटना एउटा आपराधिक कृत्य मात्र होइन जबकि यो तृणमूल कंग्रेसको छात्र संगठनका नेताहरूद्वारा शिक्षण संस्थानहरूलाई दूषित बनाउने ज्वलन्त प्रमाण हो। कलेज क्याम्पस जस्तो पवित्र स्थान जहाँ विद्यार्थीहरू शिक्षा ग्रहण गर्न आउँछन्,-मा यस्तो बर्बरता हाम्रो समाजको लागि लज्जास्पद छ। उनले आरोप लगाए, तृणमूलका छात्र नेताहरूले बारम्बार आफ्नो राजनीतिक प्रभावको दुरूपयोग गरेर शैक्षणिक संस्थानहरूमा भय अनि अराजकता फैलाइरहेका छन्।
अधिकारीले यो पनि माग गरे, यस मामिलाको निष्पक्ष र द्रूत गतिमा जाँच होस् साथै आरोपीहरूको रानीजित पहिचानलाई बेवास्ता गर्दै तिनीहरूलाई कठोरभन्दा कठोर सजाय दिइयोस्। उनले शैक्षणिक संस्थानहरूमा सुरक्षा व्यवस्थालाई सुदृढ़ बनाउने अपील पनि गरे ताकि भविष्यमा तृणमूल कंग्रेसको छात्र संगठनका नेताहरूले यसप्रकारको घटनाहरूलाई दोहोऱ्याउने हिम्मत नगरून्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा