कलेज क्याम्पसमा छात्रासित सामूहिक दुष्कर्मः तृणमूलको कड़ा कारबाही गर्ने चेताउनी
कलेज क्याम्पसमा छात्रासित सामूहिक दुष्कर्मः तृणमूलको कड़ा कारबाही गर्ने चेताउनी


कोलकाता, 27 जून (हि.स.)। दक्षिण कोलकाताको एक ल कलेजको क्याम्पसमा एकजना छात्रासित भएको कथित सामूहिक दुष्कर्मको घटनापछि शुक्रवार तृणमूल कंग्रेसले दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने संकल्प लियो साथै भरोसा दिलायो कि “न्याय अवश्य पाउनेछ।”

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी नेतृत्वाधिन तृणमूलले सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा लेखेकी छन्, हामी दक्षिण कोलकाता ल कलेजमा भएको यस दु:खदायी तथा जघन्य बलात्कारको घटनाको कड़ा निन्दा गर्दछौं। कोलकाता पुलिसले तत्कालकारबाहीगर्दैतीनै आरोपीहरूलाई पक्राउ गरेको छ। कानूनको सम्पूर्ण बल यिनीहरूमाथि खन्याइनेछ। दोषी पाइएकोलाई झन् सबैभन्दा कड़ा सजाय दिइनेछ।

तृणमूलले अझ भनेको छ, “यो त्रासदीले एक पटक फेरि यो दर्शाउँछ कि यौन अपराधहरूविरूद्ध अपराजिता एन्टी-रेप बिललाई लागू गर्नु कति आवश्यक छ। यो बिल तीव्र जाँच, तत्काल सुनवाई अनि कड़ा सजाय सुनिश्चित गरी यस्ता अपराधहरूमाथि कड़ा रोक लगाउने सशक्त माध्यम बन्नसक्छ।दुर्भाग्यपूर्ण छ कि केन्द्रको सरकारले अहिलेसम्म यसलाई लागू गर्नको लागि कुनै कदम उठाउन सकेको छैन।

पोस्टमा अझ लेखिएको छ, हामी पीड़ितासित भएको यस गहिरो आघातबाट हामी धेरै दुःखी छौं। माननीय मुख्यमन्त्रीको नेतृत्वमा राज्य प्रशासन पीड़ितालाई हरसम्भव सहयोग अनि समर्थन प्रदान गर्नको लागि प्रतिबद्ध छ।

अधिकारीहरू अनुसार यो घटना गत 25 जूनको साँझ घटेको हो जतिबेला पीड़िता कलेज परिसरमा आएकी थिइन्। आरोपीले उसलाई फकाई-फुस्लाई एउटा कोठामा लग्यो अनि उसित दुष्कर्म गऱ्यो। पुलिस अनुसार आरोपीहरूमध्ये दुईजना पीड़िताका सीनियर छन् भने एकजना कलेजकै पूर्व छात्र हो।

भाजपा आईटी सेल प्रमुख अमित मालवीयले दाबी गरे, आरोपीहरूमध्ये एकजना तृणमूल कंग्रेससित जोड़िएका छन्। उनले एक्समा लेखेका छन्, “भयावह! 25 जूनमा कोलकाताको उपनगर कसबास्थित एक ल कलेजमा एकजना महिला छात्रासित सामूहिक बलात्कार गरियो जसमा एकजना पूर्व छात्र अनि दुईजना कलेज स्टाफ सामेल छन्। आश्चर्यको कुरा के छ भने रिपोर्ट अनुसार एकजना आरोपी तृणमूलसित जड़ित छन्।।“

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande