पञ्जाबका आआप विधायक डा. कश्मीर सिंह सोहलको निधनमा केजरीवालद्वारा दुःख व्यक्त
पञ्जाबका आआप विधायक डा. कश्मीर सिंह सोहलको निधनमा केजरीवालद्वारा दुःख व्यक्त


नयाँ दिल्ली, 27 जून (हि.स.)। आम आदमी पार्टी (आआप)-का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पार्टी विधायक डा. कश्मीर सिंह सोहलको निधनमा शोक व्यक्त गरेका छन्।

पञ्जाबको तरनतारनबाट आम आदमी पार्टी (आआपा)- का विधायक डा. कश्मीर सिंह सोहलको शुक्रवार क्यान्सरको कारणले निधन भयो। डा. सोहल केही दिनदेखिको अमृतसरको एक निजी अस्पतालमा उपचाराधिन थिए। उपचारकै क्रममा उनको गए राती निधन भयो।

अरविन्द केजरीवालेल एक्समा पोस्ट गरी भने, डा. कश्मीर सिंह सोहलको निधनको खबरले म अत्यन्त दुःखी भएको छु। प्रभुले उनको आत्मालाई शान्ति प्रदान गरुन् र उनको परिवारलाई यस दुःखको घड़ीमा हिम्मत दिउन्। उनको अन्तिम संस्कार श्निवार गरिनेछ।

उल्लेखनीय छ, डा. कश्मीर सिंह सोहल 2016 सालमा आम आदमी पार्टीसि जोड़िएका थिए। उनलाई 2022 सालमा तरनतारनबाट विधायक बनाइएको थियो। एकजना सक्रिय विधायकसँगसँग उनको सामाजिक मुद्दाहरूमा गहिरो पकड़ थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande