सुरक्षा कारणले गुवाहाटीबाट राती संचालन हुने नौका सेवा स्थगित
सुरक्षा कारणले गुवाहाटीबाट राती संचालन हुने नौका सेवा स्थगित


गुवाहाटी, 27 जून (हि.स.)। गुवाहाटीलाई उत्तरी गुवाहाटीसित जोड़्ने रात्रिकालीन नौका सेवालाई घना वर्षा, तूफान अनि नदीमा तैरिरहेका काठहरूबाट उत्पन्न हुने खतरनाक स्थितिलाई ध्यानमा राखेर अस्थायी रूपमा स्थगित गरिएको छ। अन्तर्देशीय जल परिवहन (आईडब्ल्यूटी) विभागले शुक्रवार सुरक्षा सतर्कताको रूपमा नौका सेवालाई निलम्बन गर्ने घोषणा गरेको छ।

अन्तर्देशीय जल परिवहन विभागले घोषणा गरेको छ, तैरिरहेका काठ अनि शक्तिशाली नदीको धाराहरूले नौवहनको निम्ति खतरनाक स्थिति उत्पन्न गरिदिएको छ जसकार अधिकारीहरूले 27 जूनको साँझ 6:00 बजेसम्ममा गुवाहाटीबाट प्रस्थान गर्ने नौकाहरूलाई स्थगित गरिदिएको छ। आईडब्ल्यूटीको यो निर्णयले ती हजारौं दैनिक यात्रीहरूलाई प्रभावित पार्छ जो ब्रह्मपुत्र तर्नका लागि नौका सेवाहरूमाथि निर्भर छन् विशेष रूपमा जसले गुवाहाटी र उत्तरी तटमा अवस्थित गन्तव्यबीच यात्रा गर्दछन्।

नौका संचालकहरूले यसमाथि बल दिए, निलम्बनमा सेवा निरन्तरतामाथि सार्वजनिक सुरक्षा अनि सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिइएको छ। हालैमा मनसुनको गतिविधि भइरहेकोले नदीको तीव्र प्रवाह अनि काठहरूको लट्ठा आदि कारणले नौका र जहाजहरूको लागि साँझ अनि राती नौवहन जोखिमपूर्ण भएको छ।

आईडब्ल्यूटी विभाग गुवाहाटीका कार्यकारी अभियन्ताले भने, नदीको स्थितिमा सुधार आए अनि नौवहन सम्बन्धि खतराहरू समाप्त भए सामान्य परिचालन पुनः शुरू हुनेछ। साँझ यात्रा गर्ने यात्रीहरूलाई सल्लाह दिइन्छ कि उनीहरूले वैकल्पिक व्यवस्था गरुन् ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande