नयाँ दिल्ली, 27 जून (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको एएटीएस टीमले ठूलो सफलता हासिल गर्दै 15 वर्षदेखिको भारतमा अवैध रूपमा बस्दै आइरहेका बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। आरोपीले जाली भारतीय पहिचान पत्र बनाएर दिल्लीमा लामो समयदेखिकै बस्दै आइरहेको थियो।
पुलिस अनुसार पक्रा पर्ने बंगलादेशीको पहिचान ओहिदको रूपमा भएको छ। पक्राउपछि आरोपी विरूद्ध आवश्यक कानूनी कारबाही गर्दै विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयको सहयोगमा उसलाई बंगलादेश फर्काउने प्रक्रिया आरम्भ गरिएको छ।
दक्षिण-पश्चिम जिल्लाका डीसीपी अमित गोयलले बताए, पुलिस टीमलाई एक गुप्त सूचना प्राप्त भएको थियो कि वसन्त कुञ्ज क्षेत्रमा एक जना संदिग्ध अवैध बंगलादेशी नागरिक घुमिरहेको छ। यस सूनाको आधारमा एएटीएमको टीमले तत्काल कारबाही गर्दै उसलाई समातेर जाँचबुझ गऱ्यो। आरोपीले शुरूमा आफ्नो नाम मो. रोहित शेख, निवासी बाराचन्द घर उत्तर पाड़ा, जिल्ला नदिया, पश्चिम बंगाल बतायो अनि आधार कार्ड र ड्राइभिंग लाइसेन्स पनि पेश गऱ्यो। तर गहन जाँंचबुझ गर्दा उसले स्वीकार गऱ्यो कि उ वास्तवमा बंगलादेशी नागरिक हो र अवैध रूपमा भारतमा प्रवेश गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा