कोलकाताको ल कलेजमा छात्रासित सामूहिक दुष्कर्मको विरोधमा जुटा, सत्तासिन दलका निकटवर्तीमाथि आरोप
कोलकाताको ल कलेजमा छात्रासित सामूहिक दुष्कर्मको विरोधमा जुटा, सत्तासिन दलका निकटवर्तीमाथि आरोप


कोलकाता, 27 जून (हि.स.)। साउथ कलकत्ता ल कलेजमा एकजना छात्रासित भएको सामूहिक दुष्कर्मको मामिलाले राज्यमा शिक्षा परिसरहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यस घटनाको विरोधमा अब जादवपुर विश्वविद्यालय शिक्षक संघ (जुटा) सामु आएको छ। जुटाले एक बयान जारी गरी दोषीहरूलाई कठोर सजाय दिने अनि सबै शैक्षणिक परिसरहरूमा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने माग गरेको छ।

शुक्रवार जारी आधिकारिक बयानमा जुटाले भन्यो, मुख्य आरोपीहरू कलेजकै पूर्व छात्र अनि कर्मचारीहरू हुन् जसको सत्तारूढ़ पार्टीसित निकटवर्ती सम्बन्ध रहेको मीडियामा खबर आइरहेको छ। जुटाको आरोप छ, लामो समयदेखिकै छात्र संघ चुनाउ नभएको कारणले कलेजमा अब पूर्व विद्यार्थीहरूले कब्जा जमाएका छन् र उनीहरूले परिसरलाई असामाजिक गतिविधिहरूको अड्डा बनाइरहेका छन्।

जुटाले यस घटनाो तुलना आर.जी. कर कलेजमा भएको घटनासित गर्दै भन्यो, पीड़िताले न्याय नपाएपछि यस किसिमका अपराधहरूले परोक्ष रूपमा प्रोत्साहित पाउँछन्। उनीहरूले आशंका व्यक्त गरे, यसपालि पनि पुलिस-प्रशासनले मामिलालाई दबाउने चेष्टा गर्नसक्छ जस्तो कि राज्या पहिला नै कैयौं पटक देखिसकिएको छ।

बयानमा यो पनि भनिएको छ, हामी तत्काल न्याय अनि दोषीहरूलाई उदाहरणात्मक सजाय दिने माग गर्दछौं। साथै हामी पितृसत्तात्मक र बलात्कार समर्थक मानसिकताविरूद्ध समाज अनि व्यवस्था दुवै स्तरमा संघर्ष जारी राख्नको लागि प्रतिबद्ध छौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande