तामुलपुर विकास खण्डले राष्ट्रिय स्तरमा ज्योति फैलायो
तामुलपुर विकास खण्डले राष्ट्रिय स्तरमा ज्योति फैलायो


-देशका 500 विकास खण्डहरूमा प्रथम स्थान तामुलपुर

तामुलपुर (असम), 27 जून (हि.स.)। नीति आयोगद्वारा आयोजित आज एक भर्चुअल बैठकमा यो घोषणा गरियो, देशभरिका 500 आकांक्षी विकास खण्डहरू-मा तामुलपुर विकास खण्डले प्रथम स्थान प्राप्त गरेको छ। यो निर्णय नीति आयोगद्वारा वर्ष 2025-को जनवरी, फरवरी अनि मार्च महिनाको मूल्यांकनको आधार लिइएको हो। यसको जानकारी जिल्लाधिकारीको पक्षबाट दिइएको हो।

यस राष्ट्रिय सफलताको मान्यता स्वरूप तामुलपुर विकास खण्डलाई नीति आयोगको पक्षबाट 3 करोड़ रुपियाँको धनराशि प्रदान गरिनेछ ताकि क्षेत्रमा विकासमूलक प्रयासहरूलाई अझ सशक्त बनाउन सकियोस्। स्वास्थ्य अनि पोषण, शिक्षा, कृषि औ जल संसाधन, आर्थिक समावेशन र कौशल विकास, तथा बुनियादी ढाँचा विकास जस्ता प्रमुख क्षेत्रहरूमाथि आधारित 40 संकेतहरूको आधारमा नीति आयोगले यो दुर्लभ मान्यता प्रदान गरेको छ।

आजको उर्चुअल बैठकमा तामुलपुर जिल्लाका जिल्लाधिकारी पंकज चक्रवर्तीले आफ्नो संक्षिप्त तर महत्वपूर्ण वक्तव्यमा भने, “मुख्य रूपमा अधिकारीहरूको टीम भावना तथा संयुक्त प्रयासहरूको कारणले नै आज हामी तामुलपुर विकास खण्डलाई देशभरि नै शीर्ष स्थान दिलाउनमा सफल हुन सकेका छौं।”

साथै उनले आफ्नो वक्तव्यमा कसरी जिल्ला स्वास्थ्य क्षेत्रको पंचामृत योजना, शिक्षा क्षेत्रको मिशन विकल्प योजना तथा अन्य विकास कार्यक्रमहरूको माध्यमबाट प्रगतिको दिशामा निरन्तर अग्रसर छ भन्ने कुरा पनि उल्लेख गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande