बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु
accident


गान्तोक, 27 जून (हि.स.)। नाम्ची जिल्लाको तिमी पुलिस थाना क्षेत्र अन्तर्गत बर्मेक-थाङसिङ मार्गमा भएको एक वाहन दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। दुर्घटना हिजो, 26 जूनका दिन भएको हो।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, एउटा बोलेरो क्याम्पर वाहन हिजो बर्मेक-थाङसिङ मार्ग अन्तर्गत जिरो फाटक (दलेप) छेउ दुर्घटनाग्रस्त भयो। वाहन सडकदेखि पल्टिएर लगभग 200 फुट तल झऱ्यो। दुर्घटनाको समयमा वाहनमा तीन जना थिए भने तीनै जनाको घटनास्थलमै मृत्यु भयो।

वाहन दुर्घटनामा परेर ज्यान गुमाउने व्यक्तिहरूको नाम अभिषेक छेत्री (27), विष्णु छेत्री (22) र शारुख गुरुङ (20) बताइएको छ। अभिषेक र विष्णु दलेप निवासी थिए भने शारुख सोनादा, दार्जिलिङको मुन्शिगाउॅं, मुण्डाकोठी चिया बगान निवासी थिए। प्रारम्भिक जॉंचमा थाहा लागेअनुसार, वाहन अभिषेकले चलाइरहेका थिए।

दुर्घटनाको कारण थाहा लाग्न सकेको छैन। पुलिसले मामिला दर्ता गरेर जॉंच गरिरहेको बताइएको छ। सिङताम जिल्ला अस्पतालमा पोस्टमार्टपछि शव परिजनलाई सुम्पिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande