गान्तोक, 27 जून (हि.स.)। पाकिम जिल्ला पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित लागूऔषधको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम शरण कुमार विश्वकर्म रहेको छ। 27 वर्षीय आरोपी असमलिङ्गजे निवासी हुन्।
पुलिस रिपोर्ट अनुसार, शरण कुमार विश्वकर्मलाई बिहिवार संदिग्ध स्थिति पाइयो। उनी मोटरसाइकलमा थिए। यसपछि, राजपत्रित अधिकारीको उपस्थितिमा उनीलगायत उनको मोटरसाइकलको जॉंच गरियो। यस अवधि 5.59 ग्राम प्रतिबन्धित लागूऔषध बरामद गरियो।
पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेको छ। आरोपी व्यक्ति यस अघि पनि प्रतिबन्धित लागूऔषधको साथमा पक्रा परेको उक्त मामिला अझै पनि विचाराधीन रहेको पुलिसले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल