बी़रभूम, 27 जून (हि.स.)। ज़िल्लामा तरापीठ थाना क्षेत्रको बटिना गाउँमा गए बिहीवार राती एकजना युवकले आफ्नो प्रेमिकामाथि निर्दयतापूर्वक चक्कु प्रहार गरेको आरोप उठेको छ। पछि युवकको शव पनि नजिकै अवस्थित ईँटा भट्टीमा झुण्डिरहेको अवस्थामा भेटियो। शुक्रवार बिहान घाइते युवतीको अस्पतालमा मृत्यु भयो।
पुलिसको शुरुआती अनुमानमा प्रेम सम्बन्धमा तितोपन आएको कारणले युवकले पहिला किशोरीको हत्या गरी पछि आत्महत्या गऱ्यो। प्राप्त जानकारी अनुसार मृत किशोरी कक्षा एघारौंकी छात्रा थिइन्। किशोरीको केही समयअघि खामेड्डा गाउँको विक्रम माल नामक युवकसित परिचय भएको थियो।
किशोरीको परिवारको भनाइ छ, विक्रमले उसलाई लामो समयदेखिकै बाटो-बाटोमा सताइरहेको थियो। हालैमा उसले केही फोटोहरूलाई मार्क गरेर ब्ल्याकमेल गर्न पनि शुरू गरेको थियो। यसबीच किशोरीको अन्यत्र विवाहको बातचित भइरहेको थियो जसको जानकारी विक्रमले पाएको थियो।
आरोप छ, बिहीवार किशोरीलाई हेर्ने प्रक्रिया पनि पूरा भएको थियो। त्यसैले बौलाएर उसले यसरी हत्या गर्ने षड़यन्त्र रच्यो। गए बिहीवार राती लगभग 10 बजे किशोरीका माता-पिता घरदेखि बाहिर गएको मौका छोपेर विक्रम किशोरीको घरभित्र पस्यो अनि किशोरीमाथि चक्कुले प्रहार गऱ्यो। किशोरी चिच्याएको सुनेर आफन्त अनि छिमेकीहरू घटनास्थलमा पुगे। हतार-हतार किशोरीलाई रानीपुरहाट अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। पुलिसले तत्काल उसलाई खोज्न शुरू गऱ्यो। तर शुक्रवार बिहान उसको शव पनि नजिकैको साहापुर क्षेत्रस्थित एउटा ईंटा भट्टीमा झुण्डिरहेको भेटियो।
दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिस अधीक्षक अमनदीपले भनेका छन्, सम्पूर्ण मामिलाको विस्तृत जाँच गरिँदैछ। पुलिस अधिकारीहरू पोस्टमर्टम रिपोर्ट नआउञ्जेलसम्म कुनै पनि निष्कर्षमा पुग्नदेखि बचिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा