फतेहाबाद, 29 जुलाई (हि.स.)। पुलिस अधीक्षक सिद्धान्त जैनले सर्वसाधारण मानिसहरूलाई साइबर अपराधहरूले गरिरहेको नयाँ प्रकारको धोकाधड़ीको प्रयासलाई लिएर सतर्क गराएका छन्। उनले बताए, साइबर ठगहरूले अहिलेघरि नक्कली शेयर ट्रेडिंग र गेमिंग एस्पको माध्यमबाट सिधा-सोझा मानिसहरूलाई प्रलोभन देखाएर उनीहरूको मिहेनतको कमाई हड़पिरहेको छ। यस सम्बन्धमा आइतवार एक साइबर एडभाइजरी जारी गर्दै उनले आम मानिसहरूलाई सतर्क अनि जागरूक रहने अपील गरिएको छ।
एसपीले बताए, अपराधीहरूले सोशल मीडिया ग्रुप्सको माध्यमबाट मानिसहरूलाई नक्कली एप्स वा वोबसाइटमा गेम खेल्न र निवेश गर्नको लागि प्रेरित गर्छन्। शुरूमा यस्ता एप्सका उपयोगकर्ताहरूलाई जीत दिलाएर तथा केही धनराशि फर्काएर उनीहरूको भरोसा जित्छन्। त्यसपछि उनीहरूलाई निरन्तर हारको सामना गराउँछन् जसले गर्दा उनीहरूले आफ्नो जमा पूँजी गुमाउँछन्। यस किसिमको केही नक्कली वेबसाइट्सले फरेक्स, ट्रेडिंग तथा शेयर मार्केटमा निवेशको बहानामा मानिसहरूलाई फसाउँछ।
पुलिस अधीक्षकले भने, अपञ्जीकृत एप्स/वेबसाइट्सदेखि बच्नुपर्छ। कुनै पनि यस्तो एप वा वेबसाइटमा गेमिंग वा ट्रेडिंग नगर्नुहोस् जुन पञ्जीकृत छैन। अत्यधिक रिटर्नको प्रलोभन देखाउने एप्स वा वेबसाइट्समा निवेश गर्नदेखि बच्नुहोस्। अनलाइन गेमिंगदेखि टाड़ा बस्नुहोस्। यदि तपाईहरू यस प्रकारको कुनै धोकाधड़ीको शिकार हुनु भएको छ भने तत्काल साइबर हेल्पलाइन, साइबर क्राइम रिपोर्टिंग पोर्टलमा वा आफ्नो नजिकैको पुलिस स्टेशन/साइबर पुलिस स्टेशनमा सिकायत गर्नुहोस्। भने सतर्कता नै साइबर ठगीबाट सुरक्षाको पहिलो शर्त हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा