धनसिरी पाँचनै अनि ब्रह्मपुत्रको बाढ़ीले ओरांग नेशनल पार्कको स्थिति भयावह
धनसिरी पाँचनै अनि ब्रह्मपुत्रको बाढ़ीले ओरांग नेशनल पार्कको स्थिति भयावह


ओरांग (असम), 4 जून (हि.स.)। असमको ओरांग राष्ट्रिय उद्यानमा अहिलेघरि गम्भीर बाढ़ीको स्थिति उत्पन्न भएको छ। धनसिरी पाँचनै अनि ब्रह्मपुत्रको जलस्तर अचानक बढ़ेको कारणले पार्कको लगभग 40 प्रतिशत भाग जलमग्न भएको छ। उद्यानको दक्षिणी भागमा ब्रह्मपुत्र, धनसिरी पाँच नै नदीको पानी पसेर वन्य जीवहरूमाथि खतरा मड़ारिरहेको छ।धेरैवटा जनावरहरू सुरक्षित उच्च स्थानतिर गएको भए पनि स्थिति चुनौतीपूर्ण भएको छ।

बाढ़ीको सबैभन्दा अधिक मार पार्कभित्रका 12 वटा क्याम्पहरूमा परेको छ जसमध्ये खयराछाली औ बाली क्याम्पमा सात फुटसम्म पानी पुगिसकेको छ। यस विकट परिस्थितिमा पनि वन विभागका कर्मचारीहरूले डुंगाको सहारामा गस्ती गरिरहेका छन् ताकि एक सिङ्गे गैंड़ा सहित अन्य जनावहरूलाई अवैध शिकारीहरूदेखि बचाउन सकियोस्।

जानकारी अनुसार गए मंगलवार साँझदेखि नै धनसिरी नदीको जल्सतर द्रूत गतिमा बढ़्यो जसबाट पूर्वी भागका केही क्याम्पहरूमा अचानक पानी भरियो। उद्यान प्रशासन अनुसार स्थितिमाथि नजर राखिँदैछ साथै आवश्यक कदम पनि उठाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande