कोलकाता, 4 जून (हि.स.)। कोलकाता समेत दक्षिण बंगालका मानिसहरूलाई गए मंगलवार राती भएको घना वर्षाले गर्मीबाट राहत प्रदान गऱ्यो। वर्षापछि बुधवार राजधानी कोलकाताको तापमान एकैसाथ 6 डिग्री सेल्सियस ह्रास दर्ता गरियो। यद्यपि मौसम विभागकोअनुमानअनुसार आगामी दुई दिनसम्म तापमान अझ घट्नेछ। तर आद्रताबाट छुटकारा भने पाइनेछैन। सप्तान्तसम्ममा तापमान फेरि बढ़्ने सम्भावना छ।
अलिपुरस्थित मौसम विभागअनुसार बुधवारपनिदक्षिण बंगालमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना छ।उत्तर बंगालका जिल्लाहरूमा कतै-कता घना वर्षा हुनसक्छ। सबै जिल्लाहरूमा 30-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। तथापि दक्षिण बंगालमा हाल मनसुनको आगमन हुने सम्भावना छैन। मौसम विभागकोअनुमानमाआगामी12 जूनसम्ममा मनसुनले दक्षिण बंगालमा कदम राख्नसक्छ।
बुधवारबिहानकोलकाता समेत दक्षिण बंगालका कतिपय स्थानहरूमा मौसम रमाइलो रह्यो। गए मंगलवार राती पानी परेको कारणले बुधवार दिउँसो पनि अपेक्षाकृत गर्मी कमै रह्यो। मौसम विभाग अनुसार बुधवार र बिहीवार दक्षिण बंगालमा वर्षाको सिलसिला जारी रहनसक्छ।
कोलकाता, हावड़ा, उत्तरएवंदक्षिण 24 परगना, पूर्वतथापश्चिम मेदिनीपुररझाड़ग्राम जिल्लामा गर्मी अनि आद्रता कायम रहनेछ। दक्षिण 24 परगना र पश्चिम मेदिनीपुरका केही भागहरूमा लु जस्तो स्थिति सृजना हुनसक्छ।
वर्षा अनि हुरी-बतास आउने सम्भावना रहेका जिल्लाहरूम कोलकाता, हावड़ा, उत्तररदक्षिण 24 परगना, पूर्वएवंपश्चिम मेदिनीपुर, पूर्व बर्दवान, बीरभूम, मुर्शिदाबाद औनदियासामेल छन्। बुधवारन्यूनतम तापमान 23.2 डिग्री सेल्सियस दर्ता गरियो भने मंगलवारअधिकतम तापमान 37.7 डिग्री सेल्सियस रह्यो। आर्द्रताकोस्तर 46देखि100 प्रतिशतबीच रह्यो।
उत्तर बंगालकादार्जीलिङर उत्तर दिनाजपुर जिल्लामा बुधवार घना वर्षा हुने चेताउनी जारी गरिएको छ। यस अतिरिक्त कालेबुङ, जलपाईगुड़ी, कुचबिहार अनि अलिपुरद्वार जिल्लामा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। मालदा, उत्तरएवंदक्षिण दिनाजपुरमा पनि कतै-कता पानी पर्नसक्छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा