ब्रेन स्ट्रोक र ब्लड क्यान्सर रोगले पीडित नानीलाई सहयोग गरिदिन अपील
ब्रेन स्ट्रोक र ब्लड क्यान्सर रोगले पीडित नानीलाई सहयोग गरिदिन अपील


ब्रेन स्ट्रोक र ब्लड क्यान्सर रोगले पीडित नानीलाई सहयोग गरिदिन अपील


खरसाङ, 25 जुलाई (हि.स.)। तीनधारेदेखि केही मुनिस्थित दुई नम्बर बस्ती निवासी फुटबल खेलाडी गणेश लिम्बूकी छोरी गम्भीर रोगको चपेटमा परेकी छिन्। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले नानीको उपचारको लागि पीडित परिवारले सहयोगको अपील गरेको छ।

पिता गणेश लिम्बू र माता पूजा थापाकी नानी गिरीसा लिम्बू केवल 1 वर्ष 4 महिना पुगेकी छन्। तर सानै उमेरमा उनी ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता गम्भीर रोगले ग्रस्त बनेकी छिन्। अहिले नानीको सिलगढीस्थित एक निजी अस्पतालमा उपचार चलिरहेको छ।

नानीलाई यस्तो गम्भीर रोग लागेकाले परिवार पक्ष समस्यामा परेको छ। नानीको उपचारको लागि निक्कै खर्च लाग्ने भएकाले सबैलाई सहयोग गरिदिन नानीकी बढा हेम सुब्बाले अनुरोध गरेका छन्। 'एक थुकी सुकी हजार थुकी नदी' भने झैँ सबैको सहयोगले नानीले नयाँ जीवन पाउने आशा परिवारले साँचेका छन्‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande