खरसाङमा भागोप्रमोले शहीद समारोह साथै रक्तदान शिविर आयोजना गर्ने
खरसाङमा भागोप्रमोले शहीद समारोह साथै रक्तदान शिविर आयोजना गर्ने


खरसाङ, 25 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको‌ तत्वावधानमा यसपाली पनि खरसाङमा शहीद दिवस समारोह सम्पन्न हुने भएको छ। शहीद दिवसको साथमा गत वर्ष झैं यसपाली पनि युवा शक्ति खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको आयोजनामा रक्तदान शिविर पनि सम्पन्न हुने भएको छ।

यस विषयमा आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिका सभापति एवं शहीद दिवस समारोह समितिका संयोजक प्रेमेन्द्र गुरूङ र युवा शक्ति खरसाङ टाउन कमिटीका सभापति बन्धन लामाले बताए अनुसार, यसपाली पनि खरसाङको इगल क्य्राकमा रहेको शहीद वेदीमा बिहान श्रद्धाञ्जली कार्यक्रम सम्पन्न हुनेछ।

त्यसपछि, खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रम आयोजना गरिने छ। यसका साथै, खरसाङमा युवा शक्तिको तर्फबाट गत वर्ष झैं यसपाली पनि शहीद दिवसकै दिन रक्तदान शिविरको आयोजना गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande