ममता ब्यानर्जीको आरोपः चुनाउ आयोगले राज्य सरकारलाई जानकारी नदिई शुरू गऱ्यो बीएलओ प्रशिक्षण
ममता ब्यानर्जीको आरोपः चुनाउ आयोगले राज्य सरकारलाई जानकारी नदिई शुरू गऱ्यो बीएलओ प्रशिक्षण


कोलकाता, 28 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले चुनाउ आयोगमाथि ठूलो आरोप लगाउँदै भनिन्, आयोगले राज्य सरकारलाई कुनै पूर्व सूचना बिनै बूथ स्तरीय अधिकारीहरू (बीएलओ)-को प्रशिक्षण शुरू गऱ्यो। सोमवार बीरभूम जिल्लामा आयोजित एक प्रशासनिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले उपरोक्त मन्तव्य व्यक्त गरिन्।

मुख्यमन्त्रीले भनिन्, “मलाई वा मुख्य सचिवलाई कुनै प्रकारको जानकारी नदिई प्रशिक्षणको प्रक्रिया शुरू गरियो। मलाई थाहा लागे अनुसार राज्य सरकारका लगभग एक हजार कर्मचारीहरूलाई हालैमा दिल्ली पठाइएको छ प्रशिक्षणको लागि, तर मलाई यस बारे जानकारी थिएन। जिल्ला अधिकारीले पनि आफ्ना वरिष्ठ अधिकारी एवं मुख्य सचिवलाई नबताई यो काम गरिरहेका छन्।”

ममता ब्यानर्जीले चुनाउ ड्यूटीमा खटिएका अधिकारीहरूलाई सतर्कता अप्नाउने सल्लाह दिँदै भनिन्, यी सबै राज्य सरकारका कर्मचारीहरू हुन् जुन कुरा उनीहरूले भुल्नु हुँदैन। उनले भनिन्, “चुनाउ आयोगको अधिकारिता चुनाउ तिथि घोषणा गरेपछि नै शुरू हुन्छ, त्यसपूर्व होइन। तपाईहरूले यो सुनिश्चित गर्नुपर्छ कि कुनै पनि असली मतदाताको नाम मतदाता सूचीबाट नहटाइयोस्। हिजोआज बंगाली बोल्नेहरूलाई हरेक ठाउँमा सताइँदैछ। हामी उनीहरूको साथमा उभिनुपर्छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande