खरसाङ, 28 जुलाई (हि.स.)। खरसाङ गोर्खे हाट सञ्चालन समितिद्वारा गोर्खे हाट परिसरमा हिजो शहीद दिवसको अवसरमा जाति र माटोको लागि बलिदान दिएका शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको जानकारी प्राप्त भएको छ। गोर्खे हाट सञ्चालन समितिद्वारा आयोजित संक्षिप्त कार्यक्रममा उपस्थित सदस्यहरूले मौन धारण गर्दै शहीदहरूप्रति सम्मान, नमन र श्रद्धाञ्जली अर्पण गरेका थिए।
समितिले देश, जाति र क्षेत्रको रक्षा एवं अधिकारको लागि ज्यान आहुति दिने वीर शहीदहरूको योगदान कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गरेको खरसाङ गोर्खे हाट सञ्चालन समितिका संस्थापक सचिव महेश छेत्रीले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक