मुर्शिदाबाद, 28 जुलाई (हि.स.)। मुर्शिदाबाद जिल्लाको डोमकल थाना क्षेत्रमा पुलिसले बितेको आइतवार अबेर राती ठूलो कारबाही गर्दै एकजना हतियार तस्करलाई प्रचुर मात्रामा कारतूस र अत्याधुनिक पेस्तोलसितै पक्राउ गरेको छ। आरोपीको पहिचान डोमकल थाना अन्तर्गत युगिंदा मोल्लापाड़ा निवासी आशराफुल मण्डलको रूपमा भएको छ।
पुलिसले गुप्त सूचनाको आधारमा झाओबाड़िया महरमतला क्षेत्रमा छापा मारेर आरोपीलाई पक्राउ गऱ्यो। पुलिसले उसको कब्जाबाट एउटा कालो रंगको सात एमएम पेस्तोल, चार राउण्ड सात एमएम बोरको गोली र 98 राउण्ड 12 बोरको कारतूस जफ्त गरेको छ।पुलिस अनुसार आरोपीलाई सोमवार अदालतमा पेश गरियो जहाँ उसलाई पुलिस हिरासतमा लिने माग गरिएको छ ताकि गहन जाँचबुझ गर्न सकियोस्।
डोमकलका एसडीपीओ शुभम बजाजले सोमवार बताए, पछिल्लो दुई महिनाभित्रमा डोमकल अनुमण्डलमा तीनवटा अवैध हतियारका फ्याक्ट्रीहरूलाई ध्वस्त बनाइ सकिएको छ। यस अवधि प्रचुरमात्रामा हतियार, कारतूस र निर्माण उपकरणहरू पनि जफ्त गरिएको छ। केही तस्करहरूलाी पक्राउ गरिएको छ। क्षेत्रमा निरन्तर खोजी अभियान संचालन गरिँदैछ।
उनले अझ भने, बिहारको मुंगेरमा बनिएको सस्तो हतियारहरूको ठूलो खपत डोमकलमा भएको देखिँदैछ। यहाँ 25 हजारदेखि 40 हजार रुपियाँसम्ममा सात एमएमको पेस्तोल, 5-7 हजारमा लोकल मेड पाइपगन र 150देखि 200 रुपियाँमा थ्री नट थ्री बोरको कारतूस प्राप्त भइरहेको छ।
पुलिस अनुसार डोमकल जलंगी सागरपाड़ा औ रानीनगर थाना क्षेत्र भएर यी हतियारहरू अन्तर्राष्ट्रिय सीमा पारी बगलादेशमा पठाइँदैछ। साथै डोमकल संलग्न नदिया जिल्लामा पनि यसको आपूर्ति भइरहेको छ। सीमा संलग्न झारखण्ड हुँदै फरक्का सूती तथा उमरपुरको बाटो अब तस्करीको मुख्य गल्ली बनिसकेको छ जसलाई पुलिसले चिन्हित गरेको छ र विशेष निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा