प्रदेश भाजपाद्वारा गान्तोक जिल्लाको लागि मण्डलस्तरीय समितिहरू गठन पूरा
प्रदेश भाजपाद्वारा गान्तोक जिल्लाको लागि मण्डलस्तरीय समितिहरू गठन पूरा


गान्तोक, 28 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज राजधानीस्थित सिटी कार्यालय आयोजित जिल्लास्तरीय बैठकमा गान्तोक जिल्लाको लागि मण्डलस्तरीय समितिहरू गठन सफलतापूर्वक पूरा गरेको छ।

प्रदेश अध्यक्ष डीआर थापाले अध्यक्षता गरेको बैठकमा प्रदेश महासचिव अर्जुन राई, जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, प्रवक्ता पासाङ शेर्पा, मण्डल अध्यक्षहरू, पार्टी कार्यकारीहरू र जिल्लाका सबै निर्वाचन क्षेत्रहरूबाट कार्यकर्ताहरू उपस्थित थिए।

बैठकमा पार्टीको तृणमूल तहको नेतृत्व र संगठनात्मक ढाँचालाई सुदृढ बनाउॅंदै गान्तोक जिल्लाका सबै मण्डलस्तरीय समितिहरू गठन गरियो। नव मनोनीत कार्यकारीहरूलाई पार्टी पदाधिकारीहरूद्वारा सम्मानित गरियो र नयॉं भूमिका र जिम्मेवारीहरूका लागि शुभकामना व्यक्त गरियो।

बैठकलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले मोदी सरकारले जनताको हितका लागि ल्याएका कल्याणकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न र संगठनलाई बलियो बनाउन सहयोगी प्रयासहरूको महत्त्वमा जोड दिए।

विगत पाँच दिनमा पाँच जिल्लामा मण्डल समिति गठन सम्पन्न भएपछि भाजपा सिक्किमले आगामी दिनहरूमा जिल्ला र राज्यस्तरीय समितिहरू गठन गर्ने तयारीमा गरिरहेको प्रेस विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande