ग्रीन तारा गुम्बा परिसरमा खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा सम्पन्न
ग्रीन तारा गुम्बा परिसरमा खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा सम्पन्न


खरसाङ, 28 जुलाई (हि.स.)। खरसाङको नयाँ बजारस्थित ब्याङ्गे डाँडा परिसरमा निर्माण भइरहेको ग्रीन तारा गुम्बा परिसरमा साङ, सुक्पा, सेरगेम र समस्त खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा अर्चना सम्पन्न गरिएको छ‌। उक्त पूजा अर्चना तारा छोगपा कारवाङ मन्टिभियटका प्रमुख लामा मिङमा पाल्देन, कुसेला चिमी लामा साथै कारवाङ आनीहरु लगायत अन्य सदस्याहरुद्वारा गरिएको बताइएको छ।

यसका साथै, यस ग्रीन तारा गुम्बा जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण भइरहेकोमा प्रमुख लामा मिङमा पाल्देनले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले यो गुम्बाको निर्माणप्रति सबैजना खुशी रहेको र यहाँ बेला बेलामा पूजा अर्चना भइरहेको बताए। उनले यो गुम्बा निर्माण भएपछि सम्पूर्ण खरसाङवासीलाई नै राम्रो हुने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande