खरसाङमा निर्माण गरिने भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनकाे कार्यालयको शिलान्यास
खरसाङमा निर्माण गरिने भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनकाे कार्यालयको शिलान्यास


खरसाङ, 28 जुलाई (हि.स.)। जीटीए प्रमुख अनित थामाको सहयोगमा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनकाे लागि कार्यालय निर्माण गरिने भएको छ। उक्त कार्यालय खरसाङ बस टर्मिनल छेउमा निर्माण गरिने बताइएको छ। यस क्रममा आज 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाको उपस्थितिमा विधिवत् रुपमा पूजापाठ गरेर भवन निर्माणको लागि शिलान्यास गरिएको छ।

यस शिलान्यास कार्यक्रममा जल पहाड सैनिक कार्यालयबाट कर्णल अमित आश्रय पनि उपस्थित रहेका थिए। यसैगरी, खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान, पञ्चायत समिति सदस्य दिनेश लामा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु खरसाङ महकुमा युवा शक्ति अध्यक्ष प्रेमेन्द्र गुरुङ, केन्द्रिय सदस्य समीरदिप ब्लोन आदि उपस्थित रहेका थिए। कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका पदधिकारीगणहरु र सदस्यहरु पनि उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande