खरसाङ, 28 जुलाई (हि.स.)। खरसाङको पीबी रोडस्थित आचार्य भानु पथमा रहेको पेमा साङ्ग छ्योई खोर्लिङ गुम्बामा गुरू रिम्पोर्छेको जन्म जयन्तीको अवसरमा 10 दिवसीय ब्रज गुरू जप शुरु भएको छ। गत 26 जुलाईदेखि शुरू गरिएको उक्त बज्र गुरु जापको तेस्रो दिन पनि पूजा अर्चना गरिएको गुम्बाका धर्म गुरू लामा डुपलाले बताएका छन्।
उनले कार्यक्रमबारे बताउँदै आगामी 4 अगस्तको दिन बज्र गुरुको कु (मूर्ति) खरसाङ बजार वरिपरि परिक्रमा गराउने जानकारी गराए। उनले बताए अनुसार, यस अवसरमा छिमेकी राज्य सिक्किमको देउरालीस्थित छोर्तेन गुम्बाबाट रिम्पोर्छे लाचुङ टुल्कु रिम्पोर्छेको हातबाट वाङ अभिषेक वितरण गरिने छ।
उनले यस अवसरमा गुरु रिम्पोर्छेका प्रवचनहरु पनि दिइने साथै गुरु रिम्पोर्छेको मूर्ति परिक्रमा गरेर क्षेत्र अनि विश्व शान्ति र समृद्धिको लागि कामना गरिने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक