मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे


गान्तोक, 05 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा सिक्किम राज्य नागरिक सेवा र सिक्किम वित्त तथा लेखा सेवाका प्रोबेशनरी अधिकारीहरूको 2025 ब्याचलाई सम्बोधित गरे।

मुख्यमन्त्रीले युवा अधिकारीहरूलाई सिक्किमको प्रशासनिक संयन्त्रको मुटु र भविष्य बताउॅंदै कुशल, पारदर्शी र जनता-केन्द्रित शासन मोडेललाई आकार दिन उनीहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिए। उनले भने, आज तपाईहरूले राख्नुभएको जगले हाम्रा भविष्यका संस्थानहरूको शक्ति र अखण्डता निर्धारण गर्नेछ।

मुख्यमन्त्रीले औपचारिक प्रशिक्षण उनीहरूको यात्रामा महत्त्वपूर्ण कोसेढुङ्गा भए तापनि सिकाइको क्रमलाई जीवनभरि जारी राख्नुपर्छ भनी बताए। उनले अधिकारीहरूलाई नम्रता, अनुशासन र सार्वजनिक सेवाको अटल भावनाका साथ आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहन प्रोत्साहित गरे।

मुख्यमन्त्रीले नैतिक आचरणको महत्त्वमा जोड दिॅंदै अधिकारीहरूलाई इमानदारी र निस्वार्थतामा अटल रहन आह्वान गरे। उनले अधिकारीहरूलाई शुभकामना पनि दिए।

यस अघि कार्मिक विभागका सचिव रिन्जिङ छेवाङ भोटियाले राज्यको प्रशासनिक प्रशिक्षण संस्थानलाई बढाउन निरन्तर सहयोग गरेकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिए। उनले सार्वजनिक सेवामा मानव संसाधनलाई सुदृढ पार्न प्रशासनको प्रयासलाई जोड दिँदै विभिन्न सरकारी विभागहरूमा हालैका भर्तीहरूको बारेमा जानकारी ​प्रदान गरे।

कार्यक्रममा प्रोबेशनरी अधिकारीहरूले आफ्ना प्रशिक्षणका अनुभवहरू पनि साझा गरे र सेवा गर्ने अवसरको लागि मुख्यमन्त्री, एटीआई र सिक्किम सरकारप्रति कृतज्ञता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande