मृत्युको खरानीमा दबियो प्रश्न, सोनुले दिए आफ्नो सम्पूर्ण परिवारलाई दागबत्ती, डायनको शंकामा पाँच जनाको नृशंस हत्या
मृत्युको खरानीमा दबियो प्रश्न, सोनुले दिए आफ्नो सम्पूर्ण परिवारलाई दागबत्ती, डायनको शंकामा पाँच जनाको नृशंस हत्या


पूर्णिया, 08 जुलाई (हि.स.)। पूर्णिया जिल्लाको टेटगामा गाउँमा अन्धविश्वासको आगोले सम्पूर्ण परिवारलाई डढ़ायो। डायनको शंकामा गाउँको उन्मादी भीड़ले एक परिवारका पाँच जना सदस्यहरू क्रमैले सीता देवी, बाबूलाल उराउँ, कातो देवी, मनजीत उराउँ र रानी देवीको निर्दयतापूर्वक हत्या गऱ्यो। यस गाउँमा बितेको दुई वर्षभित्रमा भएको यस असमायिक मृत्यु अनि रहस्यमय रोगहरूको लागि यस परिवारलाई जिम्मेवार ठहराइयो। झार-फुक गर्ने कातो देवीलाई डायन बताइयो अनि आरोप लगाइयो, उनले सिद्धिको लागि अबोधहरूको बलि दिरहेकी छन्।

हिंसाको यो झिल्को रामदेव उराउँका छोराको मृत्युपछि सल्केको हो जतिबेला अफवाह फैलियो कि बाबूलालको परिवारले अब उसको कान्छा छोरालाई पनि बलि दिन चाहन्छ। गाउँकै मरर नकुल उराउँले कथित रूपमा उक्साएपछि भीड़ले परिवारमाथि धावा बोल्यो। यो हमला सुनियोजित षड़यन्त्र थियो जसमा घृणा अनि अन्धविश्वासले मानवतालाई नै लज्जित पाऱ्यो।

यस नरसंहारमा परिवारका एक जना सदस्य अबोध सोनु कुमार मात्र बच्यो जो भागेर आफ्नो मावला पुग्यो। उसैले पहिलो पटक पुलिसलाई यस विभीषिकाको जानकारी दियो। सोनु अहिलेघरि गहिरो शोकमा डुबेको छ। तर उसले आफ्ना आमा-बुवा, हजुरबुवा, काकीको अन्तिम संस्कार गरेर सम्पूर्ण देशलाई झक्झकाइदियो। अबेर राति एक बजीसम्म सबै शवहरूको पोस्टमर्टम गरियो।तर श्मशानको भीड़ मौन र निःशब्द थियो।

आज बिहान सोरा नदीको तटमा कप्तान पुल नजिक सम्पूर्ण परिवारको दाह संस्कार गरियो। दागबत्ती स्वयं सोनुले दियो। यस दृश्यले हरेक व्यक्तिको आँखा रसियो। यस अवसरमा जिल्लाधिकारी अंशुल कुमार, एसपी स्वीटी शेरावत, जनप्रतिनिधि लगायत ठूलो संख्यामा पञ्चायतका मानिसहरू उपस्थित थिए।

पुलिसले अहिलेसम्ममा नकुल उराँउ, दिलीप उराँउ र कमल उराँउलाई पक्राउ गरेको छ। यिनीहरूमाथि भीड़लाई उक्साएको, हमलाको षड़यन्त्र रचेको तथा हत्यामा सामेल रहेको गम्भीर आरोप लागेको छ। प्रशासनले घटनालाई गम्भीर रूपमा लिएर एसआईटी गठन गरेको छ। जाँच लगातार जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande