बंगालका जीरो एनरोलमेन्ट स्कूलहरूको 34 प्रतिशतभन्दा अधिक भाग कोलकातामा छ
बंगालका जीरो एनरोलमेन्ट स्कूलहरूको 34 प्रतिशतभन्दा अधिक भाग कोलकातामा छ


कोलकाता, 08 जुलाई (हि.स.)। पश्चिम बंगालमा शैक्षणिक सत्र अवधि विद्यार्थीहरूको पञ्जीकरणको स्थितिमाथि राज्य स्कूल शिक्षा विभागको आन्तरिक आँकड़ा अनुसार राज्यमा अवस्थित जीरो एनरोलमेन्ट (शून्य नामांकन) स्कूलहरूको 34 प्रतिशतभन्दा अधिक भाग कोलकातामा छ।

जीरो एनरोलमेन्ट स्कूलयस्तो स्कूलहो जहाँ वर्तमानमा कुनै पनि विद्यार्थी नामांकित भएको छैन। आँकड़ानुसार राज्यका 23 वटा जिल्लाहरूमा मोठ 348 स्कूलहरू यस्ता छन्। यीमध्ये केही स्कूलहरू वर्ष 2020-देखि नै खाली छन् जसलाई ध्यानमा राखेर राज्य सरकारले यी स्कूलहरूलाई बन्द गर्ने निर्णय लिएको छ।

कोलकातामा यस्ता स्कूलहरूको संख्या119 वटा छ जुन राज्यभरिका जीरो एनरोलमेन्ट स्कूलहरूको 34.19 प्रतिशत हो। त्यसपछिउत्तर 24 परगनामा60वटा (17.24 प्रतिशत), हावड़ामा24वटा (6.89 प्रतिशत) औपूर्व बर्दवानमा18 वटा(5.17 प्रतिशत) स्कूलहरूछन्।

यसको विपरीतउत्तर बंगालको कुचबिहार जिल्लाले यस सूचीमा सबैभन्दा राम्रो प्रदर्शन गरेको छ जहाँ यस किसिमको स्कूल एउटा मात्र छ। बीरभूम र कालेबुङ जिल्लामा पनि यस्ता दुई-दुईवटा स्कूलहरू छन्।

भाजपाका राज्य महासचिव जगन्नाथ च्यटर्जीले यी आँकड़ाहरूलाई राज्यको शिक्षा व्यवस्थाको दयनीय प्रतिबिम्ब बताउँदै भनेका छन्, यीमध्ये केही जीरो एनरोलमेन्ट स्कूलहरू 50 वर्षभन्दा अधिक पुरानो हो। यस अतिरिक्त राज्यमा यस्ता धेरैवटा स्कूलहरू छन् जहाँ नामांकन धेरै कम छ। सरकारले चरणबद्ध रूपमा त्यसलाई बन्द गर्ने योजना बनाइरहेको छ।

उनले यो पनि भने, अन्य राज्यमा नयाँ स्कूलहरू खोलिरहेको समय पश्चिम बंगालमा भने पुरानो स्कूलहरूलाई बन्द गराइँदैछ। ममता ब्य्नर्जीको 14 वर्षको शासनपश्चात शिक्षाको यो अवस्था भएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande