पीएफ आयुक्तले गरे ईएलआई योजनाबाट लाभ उठाउन आह्वान
पीएफ आयुक्तले गरे ईएलआई योजनाबाट लाभ उठाउन आह्वान


गान्तोक, 08 जुलाई (हि.स.)। भारत सरकारले औपचारिक रोजगार सृजन र देशमा भर्तीलाई प्रोत्साहित गर्ने उद्देश्यले एक प्रमुख पहल रोजगारसॅंग सम्बन्धित प्रोत्साहन (ईएलआई) योजना शुरुवात गरेको छ। उक्त ईएलआई योजनाको बारेमा आज गान्तोकका क्षेत्रीय भविष्य निधि (पीएफ) आयुक्त केसाङ तेन्जिङ र प्रवर्तन अधिकारी हेमन्त कुमार दासले पत्रकार सम्मेलनमा विस्तृत रूपमा जानकारी गराए।

क्षेत्रीय पीएफ आयुक्त केसाङ तेन्जिङले हालैमा केन्द्रिय क्याबिनेटले पारित गरेर ईएलआई योजना शुरु गरेको जानकारी गराए। उनले यस योजनाको लाभ विशेष रूपमा नयॉं कर्मचारीहरूले प्राप्त गर्ने बताए, जसको उद्देश्य सामाजिक सुरक्षा सुनिश्चित गर्दै युवाहरूलाई सशक्त बनाउनु रहेको छ। उनले यस योजना अन्तर्गत 3.5 करोड रोजगार सृजन गर्ने लक्ष्य लिइएको छ भने यस योजनाबाट 1.92 करोड नयॉं कर्मचारीहरू पनि लाभान्वित बन्ने बताए।

उनले सिक्किममा पनि धेरै प्रतिष्ठानहरू रहेको बताए, जसले यस योजनाबाट लाभ उठान सक्नेछन्। उनले कुनै प्रतिष्ठानमा यदि 20 जना भन्दा धेरै कर्मचारीहरू कार्यरत छन् भने उनीहरूको सामाजिक सुरक्षाको निम्ति यस योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले 20 जना भन्दा कम कर्मचारीहरू छन् भने पनि स्वेच्छिक रूपमा कभरेज लिन सकिने र यस योजनाबाट लाभ उठाउन सकिने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande