मुसलधारे पानीले कोलकाता जलमग्न, दक्षिण बंगाका केही जिल्लाहरूमा घना वर्षाको चेताउनी
मुसलधारे पानीले कोलकाता जलमग्न, दक्षिण बंगाका केही जिल्लाहरूमा घना वर्षाको चेताउनी


कोलकाता, 8 जुलाई (हि.स.)। दक्षिण बंगालमा गए सोमवार अबेर रातीदेखि परिरहेको मुसलधारे पानीको कारणले मंगलवार बिहान कोलकाताका केही क्षेत्रहरू पानीमा डुबे। अविरल वर्षाले गर्दा महानगर लगायत वरपरका प्रमुख सड़कहरूमा घुँड़ा-घुँड़ासम्म पानी भरिएको छ जसबाट कार्यालय जाने मानिसहरू तथा स्कूलका नानीहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो।

अधिकारीले बताए, कोलकाताको श्याम बजार, उल्टाडांगा, ढाकुरिया, बालीगञ्ज, बेहाला र ईएम बाईपासका केही भागहरू पानीमा डुबेका छन्। यस अतिरिक्त सल्टलेकको सेक्टर-5 अनि हावड़ा शहरका केही भागहरू पनि जलमग्न भएका छन्।

भारत मौसम विज्ञान विभाग (आईएमडी)-ले चेताउनी दिएको छ, आगामी 24 घण्टाको अवधिमा सम्पूर्ण क्षेत्रमा हल्कादेखि मध्यम वर्षा अनि कतिपय स्थानहरूमा घना वर्षा हुनसक्छ। पश्चिमी जिल्लाहरू जस्तै पुरूलिया र झाड़ग्राममा पनि घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

नगरनिगमका कर्मीहरू जलनिकासीमा जुटेका छन्, तर लगातार परिरहेको पानीले गर्दा स्थिति सामान्य हुन समय लाग्नेछ। अधिकारीले बताए, यदि वर्षाको स्थिति यस्तै रहे जलनिकासीका प्रयासहरूमा पनि बाधा उत्पन्न हुनसक्छ।

यसबीच कोलकाताका केही भागहरूमा यातायात व्यवस्था पनि प्रभावित भएको छ भने सड़कहरूमा वाहनहरूको आवागमन मन्द गतिमा भइरहेको छ। प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande